३ दिने पूर्वकर्म/सहायक कर्म सम्वन्धी तालिम सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजना एवं प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँको सहजीकरणमा प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीमा ३ दिने पूर्वकर्म/सहायक कर्म सम्वन्धी तालिम मिति २०८२/११/१० गते सम्पन्न भएको छ ।
२०८२/११/०८ गते उद्घाटन भएको तालिमका प्रमुख प्रशिक्षक आयुर्वेद क्याम्पस, किर्तीपुरका उप-प्राध्यापक डा.निर्मल भुसाल रहनु भएको तालिमको अन्य प्रशिक्षकहरुमा प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका प्रमुख डा.नारायण श्रेष्ठ, डा.किरणचन्द्र पौडेल रहनुको साथै स्थानीय संयोजन प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीका बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाईको रहेको थियो ।
उद्घाटन सत्रमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, आयुर्वेद शाखा प्रमुख डा.उत्सव पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका प्रमुख अमर दवाडी ज्युहरुले तालिमको सफलताको शुभकामना दिनु भएको थियो भने तालिम संचालनको क्रममा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, चिकित्सा सेवा महाशाखा प्रमुख स्वास्थ्य प्रशासक डा.रमेश कुमार केसी, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त शर्माबाट अनुगमन तथा सुपरिवेक्षण भएको थियो ।












Download: ३ दिने पूर्वकर्म/सहायक कर्म सम्वन्धी तालिम सम्पन्न
26
