निजी आयुर्वेद संस्थाहरुलाई प्रचलित कानुन एवं स्वास्थ्य संस्था संचालन मापदण्ड तथा निर्देशिका बारेमा अभिमुखीकरण कार्यक्रम
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजना एवं नेपाल आयुर्वेद व्यवसायी संघ, कास्कीको सह-आयोजनामा मिति २०८३ साल भाद्र ११ गते निजी आयुर्वेद संस्थाहरुलाई प्रचलित कानुन एवं स्वास्थ्य संस्था संचालन मापदण्ड तथा निर्देशिका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा पोखरा स्थित ३० भन्दा बढि आयुर्वेद स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।गण्डकी आयुर्वेद अस्पताल प्रमुख कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा.शंकर गौतमज्यूको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वयं डा.शंकर गौतम, प्रादेशिक जनस्वास्थ्य केन्द्रका रबिन्द्र बस्ताकोटी एवं पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अर्जुन बहादुर के.सी.ज्यूहरुले अभिमुखिकरण गर्नुभएको थियो ।
19
