एघारौं राष्ट्रिय योग दिवस-२०८२
"स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग "
कास्की जिल्ला, प्रमुख जिल्ला अधिकारी श्रीमान् रुद्रादेवी शर्मा ज्यूको सभाध्यक्षता एवं गण्डकी प्रदेश, प्रमुख सचिव श्रीमान् डण्डुराज घिमिरे ज्यूको प्रमुख आतित्यथामा मनोक्रान्ति आश्रम, पोखरा-२३, बराङमा डा.योगी विकासानन्द ज्यूको प्रशिक्षणमा एघारौं राष्ट्रिय योग दिवस-२०८२ सम्पन्न भएको छ ।
कास्की जिल्ला, सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत बराल, जिल्ला प्रहरी कार्यालय, कास्की, प्रहरी उपरीक्षक श्री नविन कार्की, पोखरा महानगरपालिका, २३ नं वडा सदस्य श्री चेत बहादुर क्षेत्री, पत्रकार, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, साधक साधिकाहरु एवं स्थानीयहरु सहभागी रहेको सो कार्यक्रममा कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्दै गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा.शंकर गौतम ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने औपचारीक कार्यक्रमको संचालन गण्डकी आयुर्वेद अस्पतालका सूचना अधिकारी डा.रामकृष्ण भूजेलको रहेको थियो ।
Download: एघारौं राष्ट्रिय योग दिवस-२०८२
13
