भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_३
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं नागरिक आरोग्य सेवा केन्द्र, नाउडाँडाको समन्वयमा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम अन्नपूर्ण गाउँपालिका २ नं.वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
२०८२ वैशाख १५ गते संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्री विष्णु बहादुर के.सी. रहनु भएको थियो भने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा.शंकर गौतम ज्यूको अध्यक्षता रहेको सो कार्यक्रममा ५१ जना सहभागीहरु माझ स्वस्थ जीवनशैली, स्वस्थ आहार-विहार तथा भान्साका जडिबुटीहरु सम्बन्धि प्रस्तुतीकरण भएको थियो ।

Download: भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_३
29
